घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १६:३२

काठमाडौं। सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिएको आरोपमा इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लीराज खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छैटौँ तहका इन्जिनियर खड्का र आठौँ तहका लेखा अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरेको हो ।

पुलको डिजाइन तथा रिडिजाइन स्वीकृत गराउने र ठेक्कासम्बन्धी काम सम्पन्न भएपछि पेस गरिएको बिलको रकम भुक्तानी गराउन सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए । सोही सूचनाका आधारमा टंगाल र इटहरीबाट खटिएको अख्तियारको संयुक्त टोलीले इन्जिनियर खड्कालाई ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

Advertisement

अनुसन्धानका क्रममा खड्कासँगै लेखा अधिकृत भट्टराईको समेत आपसी मिलेमतो र योजना रहेको खुलेको अख्तियारले जनाएको छ । प्राविधिक र आर्थिक भुक्तानीको जिम्मेवारीमा रहेका दुवै जनाले आफ्नो पदको दुरुपयोग गर्दै रकम माग गरेको आयोगको दाबी छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध ६ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि एमाले र नेकपाको ५ बुँदे निर्देशन
लाइसेन्समा नयाँ अनलाइन प्रणाली, राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.