लागुऔषधसहित सुनसरीबाट भारतीय युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार ०९:५६
 लागुऔषधसहित सुनसरीबाट भारतीय युवक पक्राउ

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित एक भारतीय युवक पक्राउ परेका छन् ।

बिहीबार साँझ ७ः३० बजेतिर भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित उल्टी मोडबाट भारतको बिहार राज्यको अररिया जिल्ला पतरा पञ्चायत–६ का १९ वर्षीय ईस्मत उल्हालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

Advertisement

उनका अनुसार दक्षिणबाट उत्तरतर्फ पैदल आउँदै गरेका उल्हालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३०४.११ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

परेका उल्हालाई लागुऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। उनीमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको ब्राउन सुगरको परिमाण ठुलो भएकाले यसको कारोबारमा अन्य व्यक्तिहरूको संलग्नताबारे पनि खोजी र थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेस एकढिक्का हुनेमा नेता कोइराला विश्वस्त
जेलमा आर्थिक लेनदेन रोक्न चौकीदार, नाइके र भाइनाइकेको नियुक्ति स्थगित
इँटा उत्पादनमा रोक लगाउने निर्णय खारेज गर्न मन्त्रालयसमक्ष माग
युवालाई स्वदेशमै भविष्य देखाउनुपर्छ: मन्त्री यादव
युवालाई स्वदेशमै भविष्य देखाउनुपर्छ: मन्त्री यादव
हाटखोला-कटहरी सडक खण्ड तत्काल बनाउन परिसंघको ध्यानाकर्षण
नेप्सेमा ७.३७ अंकको गिरावट
कर्मचारीको वैदेशिक भ्रमणमा नियन्त्रण, पूर्वस्वीकृति अनिवार्य
कोशी प्रदेश प्रमुख खापुङसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
ग्यास लुकाउनेलाई कारबाही र सूचना दिनेलाई पुरस्कारको घोषणा
प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.