कोशी प्रदेश प्रहरीको तीन वर्षे सफलता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार ०७:१२
 कोशी प्रदेश प्रहरीको तीन वर्षे सफलता

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पछिल्लो तीन आर्थिक वर्षमा अदालतको फैसला कार्यान्वयन, तस्करी नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेख्य सफलता हासिल गरेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/ ८३ मा मात्रै फैसला कार्यान्वयनका क्रममा १४ करोड १६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार आ.व.  २०८२/ ८३ मा ४ हजार ६०३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । यसअघि आ. व. २०८०/८१ मा २ हजार ३८५ फरार प्रतिवादी पक्राउ परी ८६ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने आ.व. २०८१/८२ मा ३ हजार ५१३ फरार प्रतिवादी पक्राउ गरी १५ करोड १ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

Advertisement

प्रहरीले तस्करी नियन्त्रणबाट पनि उल्लेख्य राजस्व संकलन गरेको छ । एसएसपी थापाका अनुसार भन्सार चोरी तस्करी शीर्षकमा आ.व.  २०८२/८३ मा २० करोड ४ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, आ.व. २०८१/ ८२ मा २० करोड ४ लाख २० हजार रुपैयाँ र आ.व. २०८०/८१ मा १२ करोड ३८ लाख राजस्व संकलन भएको थियो ।

प्रहरी कार्यालयको मुद्दा दर्ता र पक्राउ पर्नेको संख्या सार्वजनिक गरेको छ । यसमा, आ.व. २०८२/८३ मा ९ हजार ८६३ मुद्दा दर्ता भएकोमा ७ हजार ४६८ जना पक्राउ परेका थिए । आ.व. २०८१/८२ मा ९ हजार ४६१ मुद्दा दर्ता भएकोमा ८ हजार १६० जना पक्राउ परे भने आ.व. २०८०/८१ मा ९ हजार ३८७ मुद्दा दर्ता भएकोमा ७ हजार ३०४ जनालाई प्रहरीले  पक्राउ गरेको थियो ।

त्यस्तै, पछिल्लो तीन वर्षको विभिन्न अपराधका घटनाको विधागत तथ्यांक अनुसार लागुऔषधतर्फ आ.व. २०८२/ ८३ मा १ हजार ३१३, आ.व. २०८१ / ८२ मा १ हजार ४३७ र आ.व. २०८० /८१ मा १ हजार ३९,  कर्तव्य ज्यान सम्बन्धी आ.व. २०८२/ ८३ मा ८४, आ.व. २०८१/८२ मा १०३ र आ.व. २०८०/८१ मा ११८, साइबर अपराधतर्फ आ.व. २०८२/८३ मा ४०, आ.व. २०८१ /८२ मा ३५ र आ.व. २०८०/८१ मा २४ थिए भने मानव बेचबिखनतर्फ आ.व. २०८२/८३ मा १५, आ.व. २०८१/८२ मा ११ र आ.व. २०८०/८१ मा ११ वटा मुद्दा दर्ता भएका प्रहरी कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरीले अपराध नियन्त्रण र कानुनी फैसला कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै लगेको प्रवक्ता थापाले बताए ।

तपाइको प्रतिक्रिया
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
जेनजी आन्दोलनमा पक्राउ परेकाहरूको मुद्दा फिर्ताबारे अध्ययन हुँदै: गृहसचिव श्रेष्ठ
‘देउवाजी अभिभावक बन्नुस्, असन्तुष्ट पक्ष अहंकार छाडेर एकतामा आउनुस्’
प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु
सुरुङभित्र पहिरो खस्दा सात कामदारको मृत्यु, तीन बेपत्ता
ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर युवकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.