गाँजासहित भारतीय मोटरसाइकल बरामद, तस्कर फरार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार ०९:३७
गाँजासहित भारतीय मोटरसाइकल बरामद, तस्कर फरार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । सिरहाको औरही गाउँपालिका–४ खजनपुरस्थित सीमा क्षेत्रबाट शुक्रबार बिहान करिब ५० केजी गाँजा बरामद गरिएको हो ।

सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार बिहान साढे ३ बजेतिर नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा ४९ किलो ७६० ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

Advertisement

सशस्त्र प्रहरीका अनुसार गस्ती टोलीलाई देख्नासाथ गाँजा बोकेका व्यक्तिहरू आफूले बोकेको दुई बोरा गाँजा र प्रयोग गरेको मोटरसाइकल छाडेर फरार भएका थिए । तस्करहरूले बीआर ३१ एम ३०५७ नम्बरको भारतीय मोटरसाइकल छाडेर भारतीय सिमानातिरै भागेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा र मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ भने फरारहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
जेनजी आन्दोलनमा पक्राउ परेकाहरूको मुद्दा फिर्ताबारे अध्ययन हुँदै: गृहसचिव श्रेष्ठ
‘देउवाजी अभिभावक बन्नुस्, असन्तुष्ट पक्ष अहंकार छाडेर एकतामा आउनुस्’
प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु
सुरुङभित्र पहिरो खस्दा सात कामदारको मृत्यु, तीन बेपत्ता
ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर युवकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.