बन्दुकसहित फेसबुकमा फोटो पोस्ट गर्ने दुई जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार ०९:४५

गोरखा। फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने र बिनालाइसेन्स भरुवा बन्दुक राख्ने दुई जनालाई सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट प्रहरीले पक्राउ गरेको छ।

भीमसेनथापा गाउँपालिका–२ सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनारले आफ्नो फेसबुक आईडीबाट भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए।

Advertisement

फोटो सार्वजनिक भएपछि प्रहरीले उनलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा उक्त हतियार पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको भएको खुलेपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×