विदेशी आमालाई भिसा दिन उच्च अदालत पाटनको अन्तरिम आदेश

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ ५, शुक्रबार १३:४९

काठमाडौं। उच्च अदालत पाटनले एक विदेशी नागरिकको छोराको शिक्षा र ‘नाबालकको सर्वोत्तम हित’ लाई ध्यानमा राख्दै उनकी आमालाई नेपालमा बस्न अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय ऋषिराम निरौला र अच्युत कुइकेलको संयुक्त इजलासले मोनिका रोमेइको रिट निवेदनमाथि सुनुवाइ गर्दै विपक्षी शिक्षा तथा खेलकुद मन्त्रालय लगायतका निकायका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

मोनिका रोमेइकोका छोरा इजा रोमेइको नूरमोहम्मद सन् २०२० देखि कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित ताल बाराही माध्यमिक विद्यालयमा अध्ययनरत छन् । हाल कक्षा १० मा पढ्दै गरेका ती बालकको भिसा नवीकरणका लागि शिक्षा मन्त्रालयले सिफारिस गरेको थियो । तर, छोराको साथमा संरक्षकका रूपमा रहेकी आमा मोनिकाको ‘आश्रित भिसा’ नवीकरणका लागि भने मन्त्रालयले सिफारिस नगरेपछि उनी कानुनी उपचारका लागि अदालत पुगेकी थिइन् ।

आमाको भिसा नवीकरण नहुँदा उनले नेपाल छोड्नुपर्ने र त्यसबाट नाबालक छोराको संरक्षण र शिक्षामा गम्भीर असर पर्ने देखिएको थियो । अदालतले बालक कक्षा ५ देखि १० सम्म नेपालमै निरन्तर अध्ययन गरिरहेको र हाल माध्यमिक शिक्षा परीक्षा एसइई को तयारीमा रहेको तथ्यलाई विशेष ध्यान दिएको छ ।

आदेशमा भनिएको छ, ‘नाबालकको संरक्षण गरी निज बालकको सर्वोत्तम हितलाई समेत मध्यनजर गरी निज निवेदकलाई आफ्नो मुलुक फर्कने सम्बन्धमा समयमा पर्याप्त सूचना दिई निवेदकका छोराको कक्षा १० को वार्षिक परीक्षा एसइई मा समावेश भई नतिजा प्रकाशन हुने समयसम्मका लागि।।।निवेदक मोनिका रोमेइकोका हकमा लाग्ने दस्तुर लिई कानुन बमोजिम भिसा नियमित गर्नु गराउनु । यो अन्तरिम आदेशसँगै अब मोनिकाले आफ्ना छोराको एसइई परीक्षा र नतिजा नआएसम्म नेपालमा वैध रूपमा बस्न पाउनेछिन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.