ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १७:५८
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस

विराटनगर । कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव प्रदान गर्ने उद्देश्यले विराटनगरस्थित ब्राइट भिजन ल कलेजले आयोजना गरेको ‘मुटकोर्ट’ (नमुना अदालत) प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न भएको छ ।

गत साउन ३० गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको शुक्रबार एक समारोहका बीच समापन गरिएको हो । प्रतियोगिताको फाइनलमा विद्यार्थीहरूले ‘संगठित अपराध’ सम्बन्धी काल्पनिक मुद्दामा बहस गरेका थिए । फाइनल खेलमा उच्च अदालत विराटनगरका न्यायाधीशहरू महेन्द्रनाथ उपाध्याय, प्रकाश खरेल र रमादेवी पराजुलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Advertisement

कार्यक्रमका मुख्य अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै मुटकोर्ट जस्ता अभ्यासले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । उनले प्रदेश सरकारले अदालती अभ्यासका लागि चालू आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको जानकारी दिँदै कानुनका विद्यार्थी हरेक क्षेत्रमा प्रतिस्पर्धी हुनुपर्नेमा जोड दिए ।

सामाजिक विकास मन्त्री गीता तिम्सिनाले दक्ष जनशक्ति उत्पादनमा ब्राइट भिजन कलेजले खेलेको भूमिकाको चर्चा गर्दै प्रदेश सरकारले सरकारी र निजी कलेजका विद्यार्थीबीच कुनै विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कलेजका प्रमुख एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यले मुटकोर्टले विद्यार्थीमा अनुशासन, सिर्जनात्मक र विश्लेषणात्मक सोचको विकास गर्ने बताए । उनले प्रदेशका १३७ वटै स्थानीय तहमा कानुनी सञ्चारका लागि कानुनका विद्यार्थीलाई प्रयोग गर्न र सरकारी निकायमा इन्टर्नसिपको व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।
प्रतियोगितामा बीभीएलसी ८१७ (रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्मिमा गौतम) को समूह प्रथम भएको छ । विजेता समूहले नगद १२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।

त्यसैगरी, बीभीएलसी ८०८ (उन्नति पौडेल, स्वस्तिका रेग्मी, दिपीक्षा बस्नेत र अर्पणा राउत) को समूह दोस्रो र आमोद वस्ती, सञ्जय घिमिरे, कविता पौडेल र रोजेन्स्की पोखरेल को समूह तेस्रो भए । उनीहरूले क्रमशः ७ हजार र ४ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा प्रतिष्ठा पोखरेल ‘उत्कृष्ट बहसकर्ता’ घोषित भइन् ।

विद्यार्थी नारायण चौलागाइँका अनुसार प्रतियोगितामा बीएएलएलवीका पाँच वटै सेमेस्टरका २५ समूह (१०० विद्यार्थी) सहभागी थिए । विद्यार्थीहरूले सुन चोरी, संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान जस्ता काल्पनिक मुद्दाहरूमा बहस अभ्यास गरेका थिए । यो अभ्यासले मुद्दाको तयारी, कानुनी आधार खोजी र प्रभावकारी प्रस्तुतीकरणको सीप विकासमा ठुलो सहयोग पुगेको सहभागी विद्यार्थी मनिष सिग्देल र प्रतीक्षा चालिसेले बताए  ।

तपाइको प्रतिक्रिया
टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित
टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित
कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 
कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 
सरकार र ‘नागरिक बचाउ महाअभियान’ बीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम अन्त्य
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
अवैध काठसहित दुई जना पक्राउ 
झापाबाट लागुऔषधसहित तीन जना पक्राउ
कोशीमा डिजिटल प्रणाली सुरु : कर्मचारी सरुवामा अब कागज र पहुँचको झन्झट घटाउने तयारी
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी
जाँते स्वास्थ्य चौकी बन्द गरिएको दाबीमा लेटाङ नगरपालिकाको आपत्ति
कृषि उत्पादन वृद्धि गर्न नार्कद्वारा विभिन्न बालीका उन्नत जात विकास
अमेरिका-क्यानडा व्यापार सम्झौताको प्रयास असफल, ५० प्रतिशत भन्सारले तनाव चर्कियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×