करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङमा एक जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १०:०२

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–१ खोरियाका करिब ४४ वर्षीय पवन राजवंशी घरनजिकैको नहरमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए।

Advertisement

घाइते राजवंशीलाई उपचारका लागि कोशी अस्पताल, विराटनगर ल्याइएको थियो। अस्पताल पुर्‍याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
बालिका हत्या प्रकरण : आरोपीको बयान हुँदा भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ
विराटनगरमा आयोजित शिविरमा एक सय जनाको दन्त परीक्षण
कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×