‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १४:२६

तनहुँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्। तनहुँ जिल्ला अदालत बार एकाइले आज दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले बार र बेञ्चबीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव हुने बताए ।

उनले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहने उनले उल्लेख गरे ।

Advertisement

प्रधानन्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । न्याय माग्न अदालत पुग्ने नागरिकले समयमै न्याय पाउने वातावरण निर्माण गर्नु न्याय क्षेत्रसँग सम्बन्धित सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले न्यायालयप्रति नागरिकको विश्वास अझ बलियो बनाउन न्याय सम्पादनमा प्रभावकारिता र सहजता आवश्यक रहेको धारणा राखे । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले न्यायपालिकाको गरिमा र स्वतन्त्रता कायम राख्न बार र बेञ्चबीच निरन्तर संवाद र सहकार्य हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×