बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार ०९:४८
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

बुढीगंगा गाउँपालिका–४ गोकुवा उराव टोलकी ४० वर्षीया मुना कार्कीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ साढे ७:३० बजेतिर आफ्नै घरको कलमा जडान गरिएको मोटरबाट पानी चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।

Advertisement

करेन्ट लागेर अचेत भएकी कार्कीलाई तत्काल उपचारका लागि बुढीगंगामै रहेको विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले चेकजाँचका क्रममा राति ८ः४४ बजेतिर उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
सुनको मूल्यमा भारी वृद्धि 
सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो
अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु
अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा पनि दबाब
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह
बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×