शवको खोजी र संकलनका लागि थप १२ सय सैनिक परिचालन

Share this
635shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १५:०५
शवको खोजी र संकलनका लागि थप १२ सय सैनिक परिचालन

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ ।

शव संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव संकलन गरिरहेको छ । बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज (शुक्रबार) थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ ।

Advertisement

नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ । यसअघि सेनाले प्रभावित नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १६ सय जनशक्ति खटाएको थियो ।

आज थप १२ सय सैनिक परिचालन गरेसँगै भोटेकोसी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालन हुने नेपाली सेनाको कुल संख्या २ हजार ८ सय पुगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×