ड्रोन आक्रमणपछि विस्फोट, ३७ जनाको मृत्यु

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १०:५३

एजेन्सी । युक्रेनी सेनाका लागि हतियार भण्डारण गरिएको किभनजिकैको एक गोदाममा रुसी ड्रोन आक्रमणपछि भएको शक्तिशाली विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । घटनामा ४२ जना घाइते भएका छन् भने करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

शुक्रबार राति आवासीय क्षेत्रनजिकै रहेको हतियार भण्डारमा ड्रोन आक्रमण भएपछि त्यहाँ राखिएका गोलाबारुद, बारुदी सुरुङ र ड्रोन विस्फोट भएका थिए । विस्फोटबाट आसपासका घर तथा संरचनामा ठूलो क्षति पुगेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । क्षतिग्रस्त संरचनामा वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने केन्द्रसमेत रहेको उनले बताए ।

Advertisement

क्षेत्रीय प्रमुख तिमुर तकाचेन्कोका अनुसार घाइतेमध्ये चार जना बालबालिका छन् । बुखा जिल्लास्थित घटनास्थलमा शनिबार पनि खोज तथा उद्धार कार्य जारी थियो । जेलेन्स्कीले आवासीय क्षेत्रनजिकै हतियार तथा विस्फोटक पदार्थ भण्डारण गर्नु नै गलत भएको भन्दै घटनाबारे अनुसन्धान सुरु गरिएको बताएका छन् । उनले विस्फोटक पदार्थ बस्तीको छेउमा राख्ने कार्यमा गम्भीर लापरबाही भएको बताएका छन् ।

रुसको रक्षा मन्त्रालयले भने किभको पश्चिममा रहेको मायला गाउँको ‘गोला–बारुद भण्डार’ लाई निशाना बनाएको दाबी गरेको छ । उसका अनुसार त्यहाँ एफपी–१ र एफपी–२ नामका लामो दूरीका ड्रोनका पार्टपुर्जा तथा प्रक्षेपण बुस्टर राखिएका थिए । विस्फोटबाट गाउँका करिब १३० घरमा क्षति पुगेको छ । भण्डारबाट करिब २०० मिटर टाढाका केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। किभनजिकैको उक्त हतियार भण्डारमा पछिल्ला केही महिनामा भएको यो दोस्रो आक्रमण हो ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रबाट झापाका ८ जनाको सकुशल उद्धार, अरूको खोजी हुँदै
विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने
अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग
सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म
बाढीपहिरो प्रभावितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने
बाढी प्रभावितका लागि अष्ट्रेलियाले थप ३० लाख डलर सहायता दिने
सुरुङमा कोही भेटिएनन्
विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार तीव्र
पहिरोले दुई महिना थुनिएको मेची राजमार्गमा गुड्न थाले साना सवारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×