विपत्तिको शोकमा पूर्वी पहाडी जिल्लामा रोपाइँ जात्रा स्थगित

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १७:०२
विपत्तिको शोकमा पूर्वी पहाडी जिल्लामा रोपाइँ जात्रा स्थगित फोटोः फायल

विराटनगर । भोटेकोशी नदीमा आएको जल प्रलयबाट ठूलो जनधनको क्षति भएपछि इलाम, धनकुटालगायत पूर्वी पहाडमा परम्परागत रूपमा मनाइँदै आएको रोपाइँ जात्रा यस वर्ष स्थगित गरिएको छ ।

मल्लकालदेखि मनाइँदै आएको रोपाइँ जात्रामा विशेष गरी मनोरञ्जनात्मक प्रहसन, हास्यव्यङ्ग्य तथा विभिन्न झाँकी प्रस्तुत गर्ने गरिन्छ । तर, देशका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट ठूलो क्षति भएको र मुलुक शोकमा रहेका बेला मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने भन्दै जात्रा स्थगित गरिएको नेवा देय् दबूले जनाएको छ ।

Advertisement

रोपाइँ जात्रा हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाउने गरिन्छ। धान रोपेको शैलीमा रोपाइँ गरेको अभिनय गर्दै बजार परिक्रमा गर्ने यसको मौलिक परम्परा हो ।

नेवारी समुदायले रोपाइँ जात्रामार्फत आफ्नो जातीय मौलिक संस्कृति, परम्परागत भेष भूषा तथा परम्परालाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्दै आएको छ । विगतमा कोभिड–१९ महामारीका कारण पनि जात्रा प्रभावित भएको थियो। अन्य वर्ष भने यो परम्परागत जात्रा धनकुटामा विशेष धूमधामका साथ मनाइँदै आएको छ ।

नेवा: देय् दबू इलामले रोपाइँ जात्रा स्थगित गरेको जनाएको छ। दबू इलाम नगरपालिका–५, बरबोटेले सार्वजनिक सूचना जारी गर्दै देश शोकमा डुबेका कारण यस वर्षको परम्परागत रोपाइँ जात्रा स्थगित गरिएको जनाएको हो ।

इलामका प्रमोद श्रेष्ठले बाढी पहिरोका कारण देशव्यापी शोकको अवस्था रहेकाले यो वर्ष रोपाइँ जात्रा कार्यक्रम आयोजना नगर्ने निर्णय भएको जानकारी दिए । इलामका सदरमुकाम, सूर्योदय नगरपालिकाको फिक्कल, बरबोटे, मंगलबारे लगायत स्थानमा हरेक वर्ष रोपाइँ जात्रा मनाइँदै आएको छ । यो जात्रामा ठूलो संख्यामा मानिसहरू सहभागी हुने गरेका छन् ।

तपाइको प्रतिक्रिया
बाढीपीडितका लागि जाजू ग्रुपको ६० लाखको राहत, तीन लाख प्याकेट खाद्य सामग्री पठाइँदै
विपद्को दशक : भूकम्पदेखि बाढीसम्म, नेपालले गुमायो १४ हजारभन्दा बढी नागरिक
कुन जलविद्युत् आयोजनामा कति सम्पर्कविहीन ?
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढीमा ज्यान गुमाउनेको संख्या आठ सय नजिक
बाढी प्रभावितका लागि युएईद्वारा १० मिलियन डलर सहयोगको तयारी
सरकारलाई सुझाव दिँदा कोशीका सचिवको रसुवामा काज, बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मा
सप्तकोशीमा निरन्तर बढ्दैछ बहाव, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
विपत्तिको शोकमा पूर्वी पहाडी जिल्लामा रोपाइँ जात्रा स्थगित
विपत्तिको शोकमा पूर्वी पहाडी जिल्लामा रोपाइँ जात्रा स्थगित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×