क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, प्रतिकार गर्ने चेतावनी

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १७:४४

एजेन्सी। इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बताएका छन् । राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पेजेस्कियानले इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्‍याइसकेको बताए ।

उनले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताए। ‘हामी युद्ध चाहँदैनौं । तर आक्रमणका अगाडि हामी निष्क्रिय भएर बस्ने छैनौं र आक्रमणकारीलाई निर्णायक जवाफ दिनेछौं,’ उनले भने । पेजेस्कियानले क्षेत्रीय अस्थिरता र अशान्ति कुनै पनि देशको हितमा नरहेको धारणा व्यक्त गरे । यस्तो परिस्थितिले क्षेत्रका सबै मुलुकलाई चुनौती दिने उल्लेख गर्दै उनले क्षेत्रीय देशहरूले आपसी सहकार्य र समन्वयमार्फत क्षेत्रीय सुरक्षा तथा विकास सुनिश्चित गर्नुपर्नेमा जोड दिए । इरानी राष्ट्रपतिको यो भनाइ अमेरिकी सेनाले इरानको दक्षिणी लाराक द्वीपमा आक्रमण गरेको बताइएको घटनापछि आएको हो ।

Advertisement

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता टिम हकिन्सले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी सेनाले आइतबार लाराक द्वीपमा रहेका दुई वटा प्रक्षेपण उपकरणलाई निशाना बनाएको थियो । इरानको इस्लामिक रिभोल्युसन गार्ड कोर्प्सले होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङसहितका रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि उक्त कारबाही गरिएको अमेरिकी पक्षको दाबी छ । उक्त घटनापछि इरानको इस्लामिक रिभोल्युसन गार्ड कोर्प्सले जारी गरेको विज्ञप्तिमा केही सैनिक तथा सर्वसाधारणको मृत्यु वा घाइते भएको जनाएको छ ।

घटनाको उचित जवाफ दिइने र आक्रमणकारीलाई दण्डित गरिने चेतावनी समेत दिएको छ । होर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गमध्ये एक भएकाले यस क्षेत्रमा बढ्दो तनावले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा समेत प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
रसुवा बाढीमा मृतकको संख्या ९३९ पुग्यो
ताप्लेजुङ गोल्डकपः विभागीय टोली पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
ताप्लेजुङ गोल्डकपः पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
भोटेकोशी बाढीपीडितका लागि आर्या न्युरो अस्पतालको सहयोग
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×