भोटेकोशी बाढीबारे तत्काल वैज्ञानिक अध्ययन गर्न विज्ञको सुझाव

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १३:५२

काठमाडौं । भोटेकोशी नदीमा आएको विनासकारी बाढीको तत्काल वैज्ञानिक अध्ययन गरी क्षतिको यथार्थ मूल्याङ्कन गर्न जलवायु विज्ञहरूले सुझाव दिएका छन् ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको उपस्थितिमा मन्त्रालयमा भएको छलफलमा विज्ञहरूले बाढीलाई जलवायु संकटसँग जोडेर अध्ययन गर्नुपर्ने बताएका हुन् ।

Advertisement

विज्ञहरूले भोटेकोशी–त्रिशूली क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्न विशेष कोष स्थापना गर्नुपर्ने सुझाव दिएका छन् । साथै, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन तथा तापक्रम वृद्धि, हिमपात र चट्टानमा देखिएका चिराबारे हिमनदी विज्ञ र वैज्ञानिकमार्फत थप अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्री चौधरीले जलवायु न्यायलाई अधिकारका रूपमा स्थापित गर्दै आगामी कोप–३१ लगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालले ‘माउन्टेन एजेन्डा’लाई प्राथमिकताका साथ उठाउने बताइन् ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी संकट : एमालेले सरकारलाई दियो ८ बुँदे सुझाव
रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति’
विनाशकारी बाढीपछि पहिलोपटक संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
भोटेकोशी बाढी : भान्सामै व्यस्त थिए महिला, एक्कासि बाढी आउँदा घरसँगै बेपत्ता
प्रधानमन्त्री राहत कोषमा झण्डै ८ अर्ब, बाढीपीडितका लागि १ अर्ब निकासा
प्रधानमन्त्रीले भने, ‘भोटेकोशीको सुरुङमा थुनिएकाको उद्धार मौसममा निर्भर, तत्काल प्रवेश गर्न सक्ने अवस्था छैन’
भोटेकोशी बाढीबारे तत्काल वैज्ञानिक अध्ययन गर्न विज्ञको सुझाव
भोटेकोशी बाढीको त्रासदी संसदमा सुनाउँदै प्रधानमन्त्री, ‘यो पीडा सिंगो देशको हो’
बाढीपीडितलाई थप साढे ६ करोड
सडक भासिएपछि नागढुंगा सुरुङमार्ग खुला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×