केरुङ क्षेत्रमा बाढीको कहर : ३१ जनाको मृत्यु, ५३१ अझै बेपत्ता

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार ०७:०१

काठमाडौं । चीन–नेपाल सीमास्थित केरुङ (गिरोङ) क्षेत्रमा गएको पहिरोपछि आएको बाढीमा परी चीनतर्फ ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ । ५३१ जना अझै बेपत्ता छन् ।

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा अगस्ट २६ मा हिमपहिरोसहितको पहिरो गएपछि नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको हो । स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रका अनुसार शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु पुष्टि भएको छ ।

Advertisement

कमाण्ड सेन्टरका अनुसार उद्धारका क्रममा प्रभावित क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामानसमेत फेला परेका छन् । उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन प्रभावित क्षेत्रमा विभिन्न निकायका विज्ञ तथा प्राविधिक टोली परिचालन गरिएको छ ।

जी–२१६ उद्धार मार्गमा गरिएको निरीक्षणका क्रममा ५८ वटा सम्भावित भूगर्भीय विपत्का स्थल पहिचान गरिएको छ । साथै, प्रभावित तीन गाउँमा सम्भावित जोखिमको निरीक्षण तथा जोखिम मूल्यांकन पूरा गरी दुईवटा अस्थायी आपतकालीन आश्रयस्थल निर्माणका लागि स्थानसमेत छनोट गरिएको छ ।

प्रभावित क्षेत्रमा आपतकालीन आपूर्ति व्यवस्थापनका लागि आवश्यक मार्गदर्शनसमेत गरिएको अधिकारीहरूले बताएका छन् । सम्भावित थप विपत्को जोखिम पहिचान र रोकथामका लागि मौसम, प्राकृतिक स्रोत, जलस्रोत तथा आपतकालीन व्यवस्थापनसँग सम्बन्धित अधिकारीहरू परिचालन भएका छन् ।

चाइनिज साइन्स एकेडेमी र चीन सुरक्षा विज्ञान तथा प्रविधि एकेडेमीका विज्ञसहित १७२ जना विशेषज्ञ तथा प्राविधिक जनशक्ति बुधबार दिउँसो ४ बजेसम्म प्रभावित क्षेत्रमा खटिएका थिए । हिमाली क्षेत्रमा बरफ–चट्टान पहिरोका कारण आएको बाढीले गिरोङ बन्दरगाह आसपासका भवन, विद्युत् आपूर्ति प्रणाली तथा गिरोङ बन्दरगाहतर्फ जाने जी–२१६ राजमार्गको एक खण्डमा क्षति पुर्‍याएको छ ।

सडक तथा पूर्वाधारमा भएको क्षतिका कारण उद्धार र राहत कार्यमा समेत कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । कठिन भौगोलिक अवस्थाका बाबजुद चीनले उद्धारका लागि हेलिकोप्टर, स्पिडबोट र रबरका डुंगा परिचालन गरेको छ ।

केही उद्धार टोलीले करिब १२ घण्टा ठाडो पहाडी बाटो पैदल पार गर्दै प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार कार्य अघि बढाएका थिए । उद्धार अभियानमा करिब २ हजार ३०० जना उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन, ८ हजारभन्दा बढी व्यावसायिक उपकरणका सेट, ८०० भन्दा बढी ड्रोन उडान तथा २४ हेलिकोप्टर उडान परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
भोटेकोशी बाढी : विपद् मात्रै कि जलवायु परिवर्तनको संकेत ?
मानव बेचबिखनमुक्त समाजका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यकः प्रधानमन्त्री
‘राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक’
फकल्यान्डको तेल उत्खनन रोक्न अर्जेन्टिनाको तयारी, ट्रम्पको अभिव्यक्तिले बढायो तनाव
पीडितको दुःखलाई प्रदर्शन होइन, पुनर्निर्माणको शक्तिमा बदल्नुपर्छ
क्यानाडाको प्रान्तीय सरकारद्वारा बाढीपीडितका लागि ५० हजार डलर सहयोग
ड्रोनमार्फत बाढी प्रभावित क्षेत्रमा राहत
प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×