छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १५:२०

एजेन्सी । सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । स्वयंसेवी संस्था सुडान डक्टर्स नेटवर्कका अनुसार बिहीबार दिउँसो काउडाको दक्षिण र पश्चिममा पर्ने डेबी र लुवैरी क्षेत्रमा सुडान पिपुल्स लिबरेसन मुभमेन्ट-नर्थ (एसपीएलएम-एन) का लडाकुले गरेको आक्रमणमा महिला तथा बालबालिकासहित २१ जनाभन्दा बढीको मृत्यु भएको थियो । घटनामा अन्य धेरै घाइते भएका छन् ।

त्यस्तै, शुक्रबार बिहान डिलिङ सहरमा एसपीएलएम–एनका लडाकुले गरेको तोप प्रहारबाट एक बालकसहित पाँच जनाको मृत्यु भएको र अन्य घाइते भएको सुडान डक्टर्स नेटवर्कले जनाएको छ । डिलिङका एक प्रत्यक्षदर्शीका अनुसार आवासीय क्षेत्रमा तोपका गोला प्रहार हुँदा सातभन्दा बढी घाइते भएका थिए ।

Advertisement

डेबीस्थित एक ग्रामीण अस्पतालका चिकित्सकीय स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार अस्पतालमा २० भन्दा बढी शव र ११ जना घाइते ल्याइएको थियो । आक्रमणपछि मानवीय अवस्था थप बिग्रने आशंकामा सर्वसाधारणले क्षेत्र छाड्न थालेका छन् ।

सुडान डक्टर्स नेटवर्कले डेबी र लुवैरीमाथिको आक्रमणको निन्दा गर्दै यो अगस्टको अन्त्यमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको जनाएको छ । संस्थाले आक्रमणमा सर्वसाधारणलाई लक्षित गरिएको आरोपसमेत लगाएको छ । एसपीएलएम–एनले भने उक्त आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

सन् २०११ मा स्थापना भएको एसपीएलएम–एनले दक्षिण कोर्डोफान र ब्लु नाइल राज्यका केही क्षेत्रमा आफ्नो प्रभाव कायम राखेको छ । सुडानका कोर्डोफान राज्यहरूमा सरकारी सेना, अर्धसैनिक बल र विद्रोही समूहबीच लामो समयदेखि संघर्ष हुँदै आएको छ । सन् २०२३ अप्रिलमा सुरु भएको सुडानको व्यापक द्वन्द्व चौथो वर्षमा प्रवेश गरिसकेको छ । द्वन्द्वका कारण हजारौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस देशभित्र र बाहिर विस्थापित भएका छन् ।

तपाइको प्रतिक्रिया
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×