विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा जारी

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १८:१३

विराटनगर । विराटनगरमा ५९औँ संस्करणको ऐतिहासिक राधाकृष्ण रथयात्रा जारी छ । शनिबार दिउँसो करिब ३ः३० बजे राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु भएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिवत् पूजाआजा गरी रथयात्राको उद्घाटन गरेपछि भक्तजनले रथ तान्न सुरु गरेका थिए । रथयात्रामा विराटनगरसहित नेपालका विभिन्न स्थान तथा भारतका सीमावर्ती क्षेत्रबाट आएका हजारौँ भक्तजन सहभागी भएका छन् ।

Advertisement

रथयात्राको मुख्य मार्ग तथा विराटनगरका विभिन्न स्थानमा भक्तजनको बाक्लो भिड लागेको छ । रथयात्राको सुरुवातमा विभिन्न क्षेत्रका व्यक्तित्व, जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरूको समेत सहभागिता रहेको थियो । ठूलो संख्यामा भक्तजनको सहभागिता हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रथयात्रा राधाकृष्ण मन्दिरबाट तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक हुँदै रोडशेष चोक पुगेको छ । यो समाचार तयार पार्दासम्म रथयात्रा रोडशेष चोकबाट उत्तरतर्फ लागेको छ । अब महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अघि बढेर बरगाछी र दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्रा समापन हुनेछ ।

करिब आठ किलोमिटर दूरी तय गर्ने रथयात्राका लागि मार्गमा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ । रथयात्रा राधाकृष्ण मन्दिरमा पुगेर राति करिब ९ बजे समापन हुने अनुमान गरिएको छ ।

विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट सुरु भएको परम्परा विसं २०२५ देखि भव्य रथयात्राका रूपमा विस्तार भएको हो । खट यात्रासमेत गणना गर्दा यस वर्ष ९५औँ यात्रा हुँदैछ भने रथयात्राको भने ५९औँ संस्करण हो ।

विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)

तपाइको प्रतिक्रिया
विराटनगरको रथयात्राका क्रममा हालसम्म ९० जना पक्राउ
विराटनगरको रथयात्राका क्रममा ७५ जना पक्राउ
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा जारी
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×