विमान दुर्घटनामा पाँच जनाको मृत्यु

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार ०८:५०

एजेन्सी । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनका लागि सञ्चालित कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएको थियो । २१ एयरले सञ्चालन गरेको उक्त विमान अमेजनको प्राइम एयर उडानअन्तर्गत सान हुआन, प्युर्टो रिकोबाट मियामी पुगेको थियो ।

Advertisement

रनवेबाट बाहिरिएपछि विमानले केही सवारीसाधनलाई ठक्कर दिएको थियो । त्यसपछि विमानमा आगलागी भएको थियो । दुर्घटनापछि २०० भन्दा बढी उद्धारकर्मी घटनास्थलमा परिचालन गरिएको थियो ।

घाइते पाँच जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारका लागि अस्पताल लगिएको अधिकारीहरूले बताएका छन् । दुर्घटनापछि मियामी विमानस्थलको उडान सञ्चालनमा समेत केही समय अवरोध भएको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×