पाँचतले भवन भत्किँदा ६ जनाको मृत्यु

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १४:३१

एजेन्सी । भारतको नयाँदिल्लीस्थित सत्य निकेतनमा पाँचतले भवन भत्किँदा ६ जनाको मृत्यु भएको छ । भग्नावशेषमा मानिस फसेको आशंकामा उद्धारकर्मीहरूले सोमबार दोस्रो दिन पनि खोजी जारी राखेका छन् ।

दिल्ली विश्वविद्यालय परिसर नजिकैको विद्यार्थी आवास क्षेत्रको भवन आइतबार भत्किएको हो । प्रहरी, अग्नि नियन्त्रक तथा विपद् प्रतिकार्य टोलीले अर्थमुभर र स्निफर कुकुरको सहयोगमा उद्धार कार्य गरिरहेका छन् । मुख्यमन्त्री रेखा गुप्ताका अनुसार १२ जनालाई भग्नावशेषबाट उद्धार गरिएको र छ जना घाइते भएका छन् । करिब ८० प्रतिशत भग्नावशेष हटाइसकिएको छ ।

Advertisement

करिब ५५ वर्ष पुरानो भवनमा मर्मत सम्भार भइरहेको थियो । प्रारम्भिक अनुसन्धानमा बेसमेन्टमा पानी जम्नु तथा मर्मतका क्रममा संरचना कमजोर भएकाले भवन भत्किएको हुनसक्ने मुख्यमन्त्री गुप्ताले बताइन् । घटनापछि सरकारले विद्यार्थी आवास, विद्यालय तथा नर्सिङ होम जस्ता सार्वजनिक प्रयोगका भवनमा नियमित संरचनात्मक परीक्षण र सुरक्षा प्रमाणपत्र अनिवार्य गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×