राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वव्यापी ऐक्यबद्धतामा नेपालको जोड

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १३:३१

एजेन्सी । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा मंगलबारदेखि न्युयोर्कमा सुरु भएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा सुरु भएको महासभा आगामी २९ सेप्टेम्बरसम्म जारी रहनेछ । ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरे ।

सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय, जलवायु परिवर्तनलगायतका जल्दाबल्दा मुद्दामा घनीभूत एवं प्रभावकारी ढङ्गबाट छलफल तथा विचारविमर्श गरी विश्वव्यापी समस्या सम्बोधन गर्न ८१औँ महासभा सफल हुने विश्वास व्यक्त गरे । त्यसैगरी, दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार तथा मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग तथा बहुपक्षीय हितका लागि राष्ट्रसंघको पुनर्संरचनालगायतका विषयमा पनि महत्त्वपूर्ण छलफल हुने उनले विश्वास व्यक्त गरे ।

Advertisement

महासचिव गुटेरेसले विश्वले विभिन्न किसिमका द्वन्द्वको सामना गर्नुपरेको विद्यमान अवस्थामा उपयुक्त रणनीति तथा कार्यक्रमसहित तिनको सम्बोधन गर्नेतर्फ राष्ट्रसंघको ध्यान जानुपर्ने धारणा व्यक्त गरे । जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन र आणविक जोखिमजस्ता समस्याका कारण समग्र विश्व प्रभावित भएको उल्लेख गर्दै महासचिव गुटेरेसले आपसी सहयोग, संवाद र सहकार्यबाट समस्या समाधान गर्ने सन्दर्भमा महासभा उपयुक्त मञ्च भएको बताए ।

महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले विज्ञप्ति जारी गर्दै ८१औँ महासभाबाट रचनात्मक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको जनाएको छ । संवाद र सामूहिक प्रयत्नमार्फत विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका क्षेत्रमा काम गर्न नेपाल इच्छुक रहेको पनि नियोगले उल्लेख गरेको छ । नियोगले राष्ट्रसंघीय महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेका बंगलादेशी कूटनीतिज्ञ रहमानलाई बधाईसमेत ज्ञापन गरेको छ ।

यसैबीच, मंगलबार नेपालका तर्फबाट राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता कायम गर्दै प्रतिफलमुखी नतिजाका लागि विकासको गति बढाउन आग्रह गरेका छन् । थापाले अल्पविकसित देशहरू सम्मिलित अफ्रिकी मुलुकका मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकका अवसरमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

कम विकसित देशहरूको समूहगत अध्यक्षको हैसियतमा सम्बोधन गर्दै नियोग प्रमुख थापाले उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनमा लचिलोपन, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा र दिगो विकासका लागि वित्तीय स्रोत जुटाउन तथा गरिएका प्रतिबद्धताअनुसार काम गर्न अपिल गरे।

तपाइको प्रतिक्रिया
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
लागुऔषध मुद्दाका फरार प्रतिवादी पुनः लागुऔषधसहित पक्राउ
जेनजी आन्दोलनको मर्मअनुसार सरकार र दलले काम गर्नुपर्ने सांसदहरूको जोड
भोटेकोशी बाढीः ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुग्यो
सालको काठ चिरान गरिरहेका दुई जना इलाममा पक्राउ
प्रधानमन्त्री शाहद्वारा बाढीपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल
लोमान्थाङमा २४ घण्टामा ७ पटक भूकम्प, अधिकांश घर चर्किए
जेनजी आन्दोलनमाथिको दमन र हिंसाबारे निष्पक्ष छानबिन गरौँ : प्रचण्ड
राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वव्यापी ऐक्यबद्धतामा नेपालको जोड
हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु
रसुवा बाढीको आर्थिक प्रभाव र जलवायु वित्तबारे अध्ययन गर्न उपसमिति गठन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×