अदालतमा मुद्दाको चाप घटाउन मेलमिलाप विधेयक: मन्त्री गौतम

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १८:५२
अदालतमा मुद्दाको चाप घटाउन मेलमिलाप विधेयक: मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै पक्षले हार–जितको अनुभूति गर्ने अवस्था सिर्जना हुने गरी मेलमिलापसम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताएकी छन् ।

प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले मेलमिलापको अभ्यास बढेमा अदालतमा मुद्दाको चाप घट्ने विश्वास व्यक्त गरिन् । मेलमिलाप बढेमा दुवै पक्षको खर्च कम हुने, छिटो र सरल रूपमा न्याय प्राप्त हुने तथा विवादित पक्षबीच पछिसम्म ‘इगो’ कायम नरहने उनले स्पष्ट पारिन् । कानुनले मेलमिलाप गर्न निषेध गरेका विषयमा भने मेलमिलाप हुन नसक्ने उनले बताइन् ।

Advertisement

उक्त विधेयकमाथिको छलफलमा सांसदहरू अशोककुमार चौधरी, पद्माकुमारी अर्याल, मोहम्मद फिरदोश आलम, माधवबहादुर थापा, कृष्णहरि बुढाथोकी, समीक्षा बाँस्कोटा, सिर्जना श्रेष्ठ, पारसमणि गेलाल, पूर्णप्रसाद लिम्बू, विश्वराज पोखरेल, यज्ञमणि न्यौपाने, रेनुका काउचा, बलावती शर्मा, नरेन्द्रकुमार केरूङ, शोभा खनाल, परशुराम तामाङ, प्रेमलाल चौधरी, पुष्पाकुमारी चौधरी, अप्सना बानु, रञ्जु न्यौपाने, निराशा चौधरी डगौरा, मोहनलाल आचार्य, गजला शमिम मिकरानी, मधुकुमार चौलागाई, मनिष खनाल र ठाकुरसिंह थारुले भाग लिए ।

यसैगरी सांसदहरू ज्ञानु पौडेल, प्रेमबहादुर बयक, टुकाभद्र हमाल, गुरुप्रसाद बराल, सन्तोष सुब्बा, रत्नाकुमारी थापा, हरिमोहन भण्डारी, हरिप्रसाद भुसाल, साजिदा खातुन सिद्धिकी, गणेशबहादुर विश्वकर्मा, इन्दिरा राना मगर, पवित्रा विक र पुकार बमले छलफलमा भाग लिए। सांसदहरूले स्थानीय तहको सहयोगमा सामुदायिक मेलमिलापको कार्य बढाउन विधेयक महत्त्वपूर्ण हुने तर बाध्यताका आधारमा मेलमिलाप गराउन नहुने धारणा राखे ।

यस्तै, मेलमिलापको ध्येय मुद्दाको संख्या घटाउनु मात्र नभई न्यायपूर्ण समाजको स्थापना गर्नु पनि भएकाले विधेयकलाई सोहीअनुसार संशोधन गर्न सुझाव दिइयो । छलफलमा भाग लिने सदस्यहरूले न्यायाधीशलाई मेलमिलापकर्ताका रूपमा काम लगाउँदा सम्मान हुन्छ कि अपमान भन्ने विषयमा समेत विमर्श गर्न आग्रह गरेका थिए ।

बैठकमा सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । विधेयकमाथि अब संशोधनको सूचना दर्ता गरी सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइनेछ ।

तपाइको प्रतिक्रिया
पब्जी मोबाइलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने
पब्जी मोबाइलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने
एक वर्षपछि पनि उस्तै छ कोशीको घाउ, पुनर्निर्माण अधुरै
अदालतमा मुद्दाको चाप घटाउन मेलमिलाप विधेयक: मन्त्री गौतम
अदालतमा मुद्दाको चाप घटाउन मेलमिलाप विधेयक: मन्त्री गौतम
स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनबारे बेलकामा अन्तरक्रिया
स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनबारे बेलकामा अन्तरक्रिया
अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपाली उद्यमीलाई नयाँ अवसर र चुनौती
अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपाली उद्यमीलाई नयाँ अवसर र चुनौती
भोटेकोशी बाढीपीडितका लागि सीजी फुड्सका श्रमिक र कर्मचारीले दिए एक दिनको पारिश्रमिक
अर्किड कलेजले बाढी प्रभावितका लागि ५ लाख सहयोग
अर्किड कलेजले बाढी प्रभावितका लागि ५ लाख सहयोग
मोरङ प्रहरीको ‘हटलाइन’ अस्थायी रूपमा बन्द, वैकल्पिक नम्बरको व्यवस्था
आमा पहिल्यै गुमाएका दुई बालकबाट आन्दोलनले बाबु पनि खोस्यो
पूर्वप्रधान न्यायाधीश जबराविरुद्धको रिट खारेज
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×