अगस्ट महिनामा विश्वभर सबैभन्दा बढी तापक्रम

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार १३:०१

एजेन्सी। युरोपेली संघ (इयु) को जलवायु अनुगमन सेवा कोपर्निकसले गत अगस्टलाई विश्वभर रेकर्ड गरिएको सबैभन्दा तातो महिना भएको जनाएको छ । सो अवधिमा समुद्री सतहको तापक्रम समेत अभूतपूर्व उचाइमा पुगेको र पश्चिमी युरोपले असाधारण गर्मीको सामना गरेको छ ।

कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत हावाको तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको थियो। यो सन् २०२३ को जुलाईमा कायम भएको अघिल्लो मासिक कीर्तिमानभन्दा ०.०१ डिग्री सेल्सियस बढी हो। अन्तर निकै कम भएकाले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको छ ।

Advertisement

कोपर्निकसकी सामन्था बर्गेसले कम्तीमा पछिल्लो एक लाख वर्षमा मानिसले अहिले जस्तो उच्च तापक्रम नदेखेको बताइन्। वैज्ञानिकहरूका अनुसार कोइला, तेल र ग्यास जस्ता जीवाश्म इन्धन जलाउँदा औद्योगिक युगअघिको तुलनामा पृथ्वीको तापक्रम करिब १.४ डिग्री सेल्सियस बढेको छ ।

संयुक्त राष्ट्रसंघले जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले जीवाश्म इन्धनप्रतिको मानवताको निर्भरताले विश्वव्यापी जलवायु संकट बढाइरहेको बताए ।

यसैबीच, अगस्टमा समुद्री सतहको तापक्रम पनि उच्च विन्दुमा पुगेको र महासागरमा लगातार तीन महिनासम्म तापक्रमका नयाँ कीर्तिमान कायम भएको कोपर्निकसले जनाएको छ । हरितगृह ग्यासबाट उत्पन्न अतिरिक्त तापको ९० प्रतिशतभन्दा बढी समुद्रले सोस्ने भए पनि यसले समुद्री जीव, प्रवालका प्राकृतिक संरचना र तटीय समुदायमा गम्भीर असर पारिरहेको वैज्ञानिकहरूले बताएका छन् ।

कोपर्निकसका अनुसार जुनदेखि अगस्टसम्म पश्चिमी युरोपले सन् २००३ को सबैभन्दा तातो गर्मीको कीर्तिमान समेत पार गरेको छ। लगातारको तातो लहरका कारण विद्यालय बन्द गर्नुपरेको, नदी सुकेको र जङ्गलमा आगलागीको जोखिम बढेको थियो । युरोपमा अतिरिक्त मृत्युको निगरानी गर्ने तथ्याङ्कअनुसार, जुलाईको मध्यदेखि अगस्टको मध्यसम्म अत्यधिक गर्मीका कारण ३२ हजारभन्दा बढी अतिरिक्त मृत्यु भएको अनुमान गरिएको थियो ।

असाधारण गर्मी युरोपमा मात्र सीमित रहेन। अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनले पनि अमेरिकाले अभिलेखमै सबैभन्दा तातो गर्मीमध्ये एक सामना गरेको जनाएको छ। कोपर्निकसको तथ्याङ्कअनुसार करिब ९० करोड मानिस बसोबास गर्ने क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा तातो जुलाई रेकर्ड भएको थियो ।

जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोले जीवाश्म इन्धन जलाउन नरोकेसम्म यस्ता कीर्तिमानी तातो महिना दोहोरिइरहने बताए। बर्गेसले पनि विश्वव्यापी उत्सर्जन नियन्त्रण नगरे जलवायु अवस्था अझ चरम बन्दै जाने चेतावनी दिए ।

तपाइको प्रतिक्रिया
अस्पतालबाहिरै बच्चा जन्माएपछि छानबिनमा स्वास्थ्य मन्त्रालय
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी
जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः प्रचण्ड
उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
भोटेकोशी बाढीमा १ हजार ३ सय ७७ जनाको मृत्यु, ५ हजार १ सय ३० बेपत्ता
‘फैसला कार्यान्वयनमा देखिएका अस्पष्टता हटाउन सरकार गम्भीर’
उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा महासंघको आपत्ति
 एसीसी कप: उपाधिका लागि शनिबार नेपालले युएईसँग खेल्ने 
एसीसी कप: उपाधिका लागि शनिबार नेपालले युएईसँग खेल्ने 
अगस्ट महिनामा विश्वभर सबैभन्दा बढी तापक्रम
कांग्रेसको नेतृत्वमा विपक्षी दलको बैठक सुरु 
कांग्रेसको नेतृत्वमा विपक्षी दलको बैठक सुरु 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×