विश्वको जीडीपी १० प्रतिशतसम्म घट्ने चेतावनी

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार ११:३८

एजेन्सी । विश्व व्यापार सङ्गठन (डब्लूटीओ) ले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् २०५० सम्म विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १० प्रतिशतसम्म कम हुन सक्ने चेतावनी दिएको छ ।

डब्लूटीओको मङ्गलबार सार्वजनिक ‘विश्व व्यापार प्रतिवेदन २०२६: विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड’ मा व्यापार नीतिले दशकौँयताकै गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा विगत ८० वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको छ । विश्वव्यापी वस्तु व्यापारको करिब ७२ प्रतिशत हिस्सा अझै पनि डब्लूटीओको ‘मोस्ट–फेभर्ड–नेसन’ (सबैभन्दा बढी प्राथमिकता प्राप्त राष्ट्र) व्यवस्थाअन्तर्गत हुने गरेको छ ।

Advertisement

विश्वव्यापी व्यापारको परिदृश्यमा उल्लेखनीय परिवर्तन आएको छ, तर यस प्रणाली स्थापनाको मूल मर्म-एकपक्षीय रूपमा काम गर्नुभन्दा सहकार्य गर्दा सबै अर्थतन्त्रलाई फाइदा हुन्छ भन्ने मान्यता- आज पनि उत्तिकै सान्दर्भिक छ,’ उनले भने । डब्लूटीओ सदस्य राष्ट्रहरूले सुधारका विषयमा सक्रिय रूपमा छलफल गरिरहेको र वर्तमान अवस्था यथावत् राख्नु विकल्प नभएको बुझेको पनि उनले बताए ।

प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका तीन सम्भावित परिदृश्य प्रस्तुत गरेको छ । बलियो बहुपक्षीय प्रणाली कायम रहेमा आधारभूत प्रक्षेपणको तुलनामा सन् २०५० सम्म विश्वको जीडीपी दुई दशमलव नौ प्रतिशत र निर्यात १७ दशमलव नौ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ । त्यसैगरी, बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू–राजनीतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्थामा विश्वको जीडीपी पाँच दशमलव एक प्रतिशत र निर्यात १८ दशमलव छ प्रतिशतले घट्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

बहुपक्षीय सहकार्यलाई स्वतन्त्र व्यापार सम्झौताको सञ्जालले प्रतिस्थापन गरेको अवस्थामा भने विश्वको जीडीपी छ दशमलव नौ प्रतिशत र निर्यात २६ दशमलव नौ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ । डब्लूटीओका प्रमुख अर्थशास्त्री रोबर्ट स्टाइगरका अनुसार बलियो बहुपक्षीय सहकार्य र व्यापार प्रणाली कमजोर हुने अवस्थाबीच विश्वको वास्तविक जीडीपीमा १० प्रतिशतसम्मको अन्तर पर्न सक्छ ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
संसदीय समितिको प्रतिवेदन सरकारले गम्भीरतापूर्वक लिनुपर्छः थापा
सर्तसहित सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला
भोटेकोशी बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठनको तयारी
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार किन गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×