
काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि ४ जनाको आवेदन खुला गरेको छ। आयोगले नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम पदपूर्तिका लागि आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरेको हो।
आयोगका अनुसार आन्तरिक खुलातर्फ २, खुलातर्फ १ र दलित समूहतर्फ १ गरी जिल्ला न्यायाधीशका लागि कुल ४ पदमा प्रतिस्पर्धा हुनेछ। आवेदन दिने परीक्षार्थीले आन्तरिक खुला र खुलातर्फ २ हजार रुपैयाँ तथा समावेशी समूहअन्तर्गत प्रत्येक थप समूहका लागि ५ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।
आयोगका अनुसार योग्य उम्मेदवारले आगामी कात्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछन्। आयोगले प्रतियोगितात्मक लिखित परीक्षाको कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

























