भारी वर्षापछि लामो दूरीका बस सेवा प्रभावित

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज ९, शुक्रबार १५:१२

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन्। भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि यातायात व्यवसायीले लामो दूरीका बस सञ्चालनमा रोक लगाएपछि यात्रुहरू समस्यामा परेका छन्।

विभिन्न यातायात समितिले आज (शुक्रबार) देखि आइतबारसम्म लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरेका छन्। पहाडी क्षेत्रबाट काठमाडौँ, पोखरा लगायत पूर्वतर्फ जाने बससमेत तत्काल सञ्चालन नगर्ने निर्णय गरिएको छ।

लामो दूरीका बस सेवा बन्द भएपछि यात्रुहरू छोटो दूरीमा चल्ने सवारीसाधनमार्फत गन्तव्यतर्फ जान बाध्य भएका छन्। कतिपय रुटमा छोटो दूरीका सवारीसाधनसमेत पर्याप्त नहुँदा यात्रुले थप सास्ती खेप्नुपरेको बताएका छन्।

सरकारले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै लामो दूरीका सवारीसाधन सञ्चालनमा सावधानी अपनाउन आग्रह गरेपछि यातायात व्यवसायीले पनि सेवा स्थगित गरेका हुन्।

सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार बिहीबारदेखि नै लामो दूरीका रात्रिबस सञ्चालनमा रोक लगाइएको थियो। शुक्रबार बिहानदेखि सुदूरपश्चिमका विकट तथा पहाडी क्षेत्रमा जाने बससमेत सञ्चालन नगर्ने निर्णय गरिएको उनले बताए।

‘सरकारको निर्देशन र मौसमको अवस्थालाई ध्यानमा राखेर तत्कालका लागि लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरिएको हो। जोखिम कम भएका जिल्लामा भने वर्षाको अवस्था हेरेर सेवा सञ्चालन गर्नेछौँ,’ उनले भने।

सुदूरपश्चिम यातायातले धनगढीबाट काठमाडौँ र पोखरातर्फ जाने रात्रिबस दुई दिनका लागि सञ्चालन नगर्ने जनाएको छ। धनगढीबाट पोखरातर्फ दैनिक दुई तथा काठमाडौँका लागि १३ वटा रात्रिबस सञ्चालन हुँदै आएका थिए। मौसम प्रतिकूल भएपछि ती बस गन्तव्यतर्फ पठाइएको छैन।

यातायात व्यवसायीहरूले खराब मौसमका कारण लामो दूरीको यात्रामा जोखिम बढ्न सक्ने भएकाले यात्रु र चालकको सुरक्षालाई ध्यानमा राखेर सेवा स्थगित गरिएको बताएका छन्। मौसममा सुधार आएपछि मात्रै बस सेवा नियमित गरिने उनीहरूको भनाइ छ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.