पूर्वप्रधानन्यायाधीश जबरालाई निवासमै सुरक्षाः प्रहरी

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार १५:३१
 

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सुरक्षा खतरा देखिएपछि नेपाल प्रहरीले उनको निवासमै सुरक्षा प्रदान गर्ने भएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार जबराको सुरक्षासम्बन्धी विषय उठेपछि प्रहरीले उनलाई निगरानीमा राख्दै सुरक्षा दिएको थियो। सुरक्षा खतरा देखिएपछि उनलाई शनिबार राति सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

Advertisement

‘उहाँको सुरक्षाका विषयमा हामी संवेदनशील थियौँ। केही सुरक्षा खतराको कुरा आयो। प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौँ,’ खड्काले भने, ‘उहाँले आफूलाई निवासमै सहज हुने भन्नुभएकाले अब उहाँलाई घरमै सुरक्षा प्रदान गर्छौं।’

प्रहरीका अनुसार सुरक्षा खतरा देखिएपछि जबराको सुरक्षामा विशेष ध्यान दिइएको हो। यसअघि पनि पूर्वप्रधानन्यायाधीशको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले आवश्यक निगरानी गर्दै आएको थियो।

जबराको कार्यकाल भने न्यायपालिकाको नेतृत्वसँगै विवाद र राजनीतिक बहसका कारण चर्चामा रहँदै आएको थियो। तत्कालीन प्रधानन्यायाधीशका रूपमा उनीमाथि प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्तावमाथिको छानबिनका क्रममा उनी लामो समय निलम्बनमा समेत परेका थिए। पछि महाभियोग टुंगो नलाग्दै उनको कार्यकाल सकिएको थियो।

तपाइको प्रतिक्रिया
मानवअधिकार आयोगको टोलीलाई जबरासँग भेट्न नदिएको भन्दै आपत्ति
महाकाली नदीमा बाढी उर्लिएपछि आवागमन प्रभावित
स्काउटसम्बन्धी विधेयकमा सरकारले माग्यो राय-सुझाव
 
पूर्वप्रधानन्यायाधीश जबरालाई निवासमै सुरक्षाः प्रहरी
बाढीपहिरोले व्यापक क्षति : कम्तीमा ११ जनाको मृत्यु, पाँच जना बेपत्ता
अवरुद्ध नारायणगढ मुग्लिन सडक पहिरो हटाएपछि सञ्चालनमा
मानव बेचबिखनसम्बन्धी विधेयकमा सांसदहरूको व्यापक चासो, १११ संशोधन प्रस्ताव
इलामका मुकेश गुरुङ यामल म्युजिक अवार्डमा उत्कृष्ट पाँचमा
प्रहरी नियन्त्रणमा रहेका जबरा परिवारको जिम्मामा, ‘सुरक्षा थ्रेट’को कारण अझै अस्पष्ट
हेमाको हत्या, पति पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×