आईसीसी लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार १२:४८
आईसीसी लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा

विराटनगर । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिदेशीय शृंखलाका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। टोलीमा आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल र सन्दीप जोरा छन् ।

त्यस्तै, गुलशन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल पनि टोलीमा समेटिएका छन् ।

ओमानमा अक्टोबर ११ देखि सुरु हुने शृंखलामा नेपालले क्यानडा र घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सन् २०२७ मा हुने एक दिवसीय विश्वकप छनोटका लागि लिग–२ का खेल नेपालका लागि महत्त्वपूर्ण मानिएको छ ।

नेपाल अहिले लिग–२ को अंक तालिकामा सातौँ स्थानमा छ । ३२ खेलबाट २४ अंक जोडेको नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउन आगामी शृंखलाका सबै खेल जित्नुपर्ने अवस्था छ ।

तपाइको प्रतिक्रिया
निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
टिपरको ठक्करले एक जनाको मृत्यु
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रधानमन्त्री शाहको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि
चाडपर्वमा यात्रु ठगिए प्रहरीको साथ, मोरङसहित कोशीका ४८ स्थानमा यात्रु सहायता कक्ष
आईसीसी लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा
आईसीसी लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा
दुई छोरा १५ वर्षदेखि सम्पर्कविहीन, पाँच नातिनातिनाको जिम्मेवारी वृद्ध दम्पतीको काँधमा
कांग्रेसको युवा कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सुविनको तयारी
उदयपुर र इलाममा दुई जनाको मृत्यु
एनपीएलका लागि क्रिकेट मैदान स्तरोन्नति गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×