टोकियोमा लेखक अर्याल सम्मानित

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १९:००
 टोकियोमा लेखक अर्याल सम्मानित

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचनले एक कार्यक्रमका बीच ‘नेपाल–जापान खेल सम्बन्ध’ का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मान गरेका छन् ।
टोकियाको सिनोकोबुस्थित गाजेबो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा शेरचनले दोसल्ला ओढाएर लेखक अर्यालको सम्मान गरेका हुन् ।

अर्यालले आइची–नागोयामा हालै सम्पन्न २० औँ एसियाली खेलकुदको सन्दर्भमा आफ्नो पुस्तक विमोचन गरेका थिए । जापानका लागि कार्यबहाक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यमा नागोयामा १८ सेप्टेम्बरमा पुस्तक विमोचन भएको थियो । विमोचन कार्यक्रममा शेरचनको पनि उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै शेरचनले भने, ‘नेपाल र जापानको खेल सम्बन्धको इतिहास खोतल्न सफल यो पुस्तक विमोचनका लागि नेपालदेखि लामो यात्रा तय गरेर आउनु भएका लेखक अर्याललाई टोकियोमा सम्मान गर्न पाउँदा खुसी लागेको छ । यसका लागि लेखकलाई धन्यवाद दिन्छु ।’

उनले नेपाल–जापान खेल सम्बन्धको दस्ताबेज हालसम्म आफूले पढ्न नपाएको अवस्थामा यो किताबबाट नेपाल र जापानको बहुआयामिक पक्षलाई बुझ्ने मौका मिल्यो । जापानका समकालीन साथीहरूलाई खेलको माध्यमबाट नेपाल र जापानको सम्बन्ध कसरी विस्तार भयो भन्ने कुरा बताउन पाउँदा गर्व लागेको छ ।

कार्यक्रममा एन्फा जापानका अध्यक्ष शिव खड्काले वरिष्ठ पत्रकारसमेत रहेका अर्याललाई जापानमा सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, हामी नेपालमा फुटबल खेल्दा उहाँ रिपोर्टिङ गर्न दशरथ रंगशाला आइरहनु हुन्थ्यो । हामी जस्ता खेलाडीहरूले खेलेर जापान र नेपालबीच सम्बन्ध स्थापित गर्न कति ठूलो योगदान गरेका रहेछौँ भन्ने पत्तै पाएका थिएनौँ ।’

तर, उहाँले सरल भाषामा तथ्यसहित मलगायत मेरा अग्रजहरूको योगदानलाई लिपिबद्ध गरिदिनुभयो। यसका लागि पुस्तकका लेखक अर्याललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, खड्काले भने । एन्फा जापानका मानार्थ अध्यक्ष वसन्त गौचनले पनि पुस्तकमा आफ्नो योगदानलाई समेटेकोमा लेखकलाई धन्यवाद दिए । उनले भने, ‘तपाईंको पुस्तकबाट वास्तवमै हामीलाई गौरव गर्ने ठाउँ दिनुभएको छ ।’

कार्यक्रममा व्यवसायी विनोद शेरचनले पनि लेखक अर्यालको मिहिनेतको प्रशंसा गरे । यस अवसरमा वरिष्ठ खेल पत्रकार तथा पुस्तकका लेखक नवीन अर्यालले आभार प्रकट गरे । उनले भने, ‘जापानको राजधानी टोकियोमा यसरी सम्मानित हुन्छु भन्ने कल्पना गरेको थिइन । ‘नेपाल–जापान खेल सम्बन्ध’ नामक पुस्तक दुई देशबीचको सम्बन्ध बुझाउने दस्ताबेज हो ।’ नेपाल र जापनबीचको सम्बन्ध थप प्रगाढ बनाउन यो किताबले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×