
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) बिहान १० बजेका लागि तोकिएको मतदानको समय सारिएको छ ।
निर्वाचनको तयारी पूरा नभएपछि मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।
महाधिवेशनमा सहभागी सात हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।
सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।



















