विश्व वरीयतामा नेपालको अवस्था सुधार, १६औँ स्थानमा

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १४:३७

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज (बिहीबार) सार्वजनिक गरेको आइसिसी एक दिवसीय विश्व वरीयतामा नेपालको सुधार देखिएको छ । पुरुष एक दिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको हो ।

नेपालले ३३ खेलमा ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औं स्थानमा छ ।

नेपालभन्दा पछाडि नामिबिया १७औं स्थानमा छ । एक दिवसीय विश्व वरीयतामा भारत शीर्ष स्थानमा रहँदा न्यूजील्याण्ड दोस्रो स्थानमा छ । त्यसैगरी दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ भने अष्ट्रेलिया चौंथो तथा पाकिस्तान पाँचौं स्थानमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×