दसैँमा अधिकांश दिन मौसम सफा रहने सम्भावना

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार ०९:४३

काठमाडौं । यस वर्षको दसैँमा अधिकांश दिन मौसम सामान्यतया राम्रो रहने सम्भावना देखिएको मौसमविद् विनोद पोखरेलले बताएका छन् ।

उनका अनुसार अहिले सक्रिय मौसमी प्रणालीका कारण शनिबारसम्म वर्षा हुने देखिए पनि त्यसपछि सोमबारदेखि बिहीबारसम्म मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

बिहीबार साँझदेखि शुक्रबार (२९–३० असोज) सम्म भने केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ । तर, २५ असोजपछि भारी वर्षा हुने संकेत अहिलेसम्म नदेखिएको पोखरेलले बताएका छन् ।

गत साता सम्भावित न्यूनचापीय प्रणालीको चर्चा भए पनि अहिलेसम्मको पूर्वानुमानअनुसार उक्त प्रणाली नेपालतर्फ आउने सम्भावना देखिएको छैन ।

लामो अवधिको मौसम पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले आगामी दिनमा थप अद्यावधिक जानकारी दिने पोखरेलले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×