बस दुर्घटनाका मृतकको पहिचान खुल्यो

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १२:१८

पोखरा । कास्कीको पोखरामा स्कुल बस दुर्घटनामा घाइते भएका १२ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने घाइतेमध्ये एक जनालाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

पोखरा महानगरपालिका–२८ स्थित ओख्लेभीरमा शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीय सुवेच्छा तिवारी छन् । अर्की अन्दाजी १५ वर्षीया किशोरीको पहिचान खुल्न बाँकी छ ।

शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्किने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेकाहरूलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालका अनुसार दुर्घटनामा परेका १७ जनामध्ये अस्पताल ल्याइएकामा पाँच जनाको मृत्यु भइसकेको थियो । बाँकी १२ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेल आईसीयूमा उपचाररत छिन् ।

उपचाररत अन्य घाइतेमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी र १४ वर्षीया आकृति बुढाथोकी छन् । त्यस्तै, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङको पनि उपचार भइरहेको छ ।

स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×