इलामको रोङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १४:४१

इलाम । इलामको रोङ गाउँपालिका–३ नम्बर वडा कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । वडाबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गराएका सेवाग्राहीको कार्ड वडा कार्यालयबाट वितरण गर्न थालिएको हो ।

वडा कार्यालयले टोलअनुसार मिति तोकेर वितरण तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार असोज २२ गते चिण्डेपानी, हर्कटे, तिनतले बस्ती र पाखागाउँका बासिन्दालाई परिचयपत्र वितरण गरिनेछ ।

त्यस्तै, असोज २३ गते कुट्टीडाँडा, चामेटार र हाँसपोखरी, असोज २५ गते कोल्बुङ, याङ्ग्रे, लसुने, फोक्टी, पात्लेडाँडा र अर्याल चोकका बासिन्दाले परिचयपत्र लिन सक्ने जनाइएको छ ।

असोज २६ गते प्युरे, खारखोला र भाङटार तथा असोज २७ गते मुझुवा र ढोडेनीका बासिन्दालाई परिचयपत्र वितरण गरिने वडा कार्यालयले जनाएको छ ।

यसैगरी, असोज २८ गते साविक कोल्बुङ–५ र ६ अन्तर्गत मार्से, ठूलो बुलु, सानो बुलु, खमारे, सिम्ले, मालबाँसे र जम्दारेका बासिन्दालाई परिचयपत्र वितरण गरिनेछ ।

परिचयपत्र लिन आउँदा यसअघि फारम भर्दा प्राप्त भएको सक्कल भौचर र नेपाली नागरिकताको सक्कल प्रति अनिवार्य रूपमा ल्याउनुपर्नेछ । वितरणको समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको वडा कार्यालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र नहुँदा बैंकिङ सेवा तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलगायतका काममा समस्या भोग्दै आएका सेवाग्राहीलाई वितरण सुरु भएपछि सहज हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×