त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग खुलाउन ‘ब्याक कटिङ’ तीव्र

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार १६:२७
त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग खुलाउन ‘ब्याक कटिङ’ तीव्र

धादिङ । त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा भासिएको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन मर्मत कार्य तीव्र पारिएको छ। सडकको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक निर्माण गर्ने ‘ब्याक कटिङ’ विधिबाट सडक खुलाउने प्रयास भइरहेको छ।

नदीतर्फको सडकको भाग भासिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको थियो। असोज २३ गते शुक्रबार साँझ सडक भासिएसँगै यातायात ठप्प भएको हो ।

प्राप्त विवरणअनुसार सडकको करिब १०० मिटर खण्डमा चिरा परेको छ भने करिब २० मिटर सडक भासिएको छ। त्रिशूली नदीको कटानका कारण सडकको आधार कमजोर बनेपछि थप भासिने तथा पहिरो जाने जोखिम बढेको थियो।

सडक थप क्षतिग्रस्त हुन सक्ने र सम्भावित दुर्घटनाको जोखिम रहेकाले सुरक्षाका लागि सवारी आवागमन बन्द गरिएको थियो । अहिले सडकको भित्तातर्फबाट कटिङ गरी वैकल्पिक मार्ग तयार पार्ने काम भइरहेको छ। सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउने उद्देश्यले कामलाई तीव्रता दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×