
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले खुला केन्द्रीय सदस्यको मतपेटिका खोलेर गणना थालिएको जानकारी दिए ।
पदाधिकारीको मतगणना भने अन्तिम चरणमा पुगेको छ । बुधबारसम्म सबै पदको मतपरिणाम सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको निर्वाचन समितिले जनाएको छ ।

























