
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । आज (मंगलबार) उनले दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश,२०८३ जारी गरेका हुन् ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ती अध्यादेश जारी गरेका हुन् ।

























