दीपावलीको अवसरमा ‘जस्बीरे गोल्डकप २०८३’ आयोजना हुँदै

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०९:४१

इलाम । इलामको जस्बीरेस्थित जस्बीरे खेलमैदानमा शुभ दीपावलीको अवसर पारेर ‘जस्बीरे गोल्डकप २०८३’ आयोजना हुने भएको छ । हेलो जस्बीरे फुटबल क्लबको आयोजनामा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगिता कात्तिक १२ देखि २१ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत पुरुष खुल्ला र भेट्रान गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

पुरुष खुल्लातर्फको विजेताले १ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ६१ हजार रुपैयाँ पाउनेछ । यस्तै, भेट्रानतर्फको प्रथम पुरस्कार ४१ हजार रुपैयाँ र द्वितीय पुरस्कार २६ हजार रुपैयाँ तोकिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि असोज २८ गतेदेखि कात्तिक ७ गतेसम्म टिम दर्ताको समय खुला गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×