इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक १, शनिबार १६:००
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद

इटहरी । सुनसरीको इटहरीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले तीन लाख ७१ हजार १० रुपैयाँ नगद र पाँच बुङ तास बरामद गरेको छ।

प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–१८ नयाँटोलस्थित दुर्गाबहादुर कार्कीको घरमा जुवा खेल भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रदेश अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका–२ का ४० वर्षीय विश्वास थापा मगर, सप्तकोशी–१ का ४३ वर्षीय कुमार राई, इटहरी–१८ का ५२ वर्षीय दुर्गाबहादुर कार्की, इटहरी–२० का ३५ वर्षीय संजीव श्रेष्ठ र बराहक्षेत्र नगरपालिका–५ का २८ वर्षीय विकास बस्नेत रहेका छन्।

प्रहरीले घटनास्थलबाट पाँच बुङ तास र नगद तीन लाख ७१ हजार १० रुपैयाँ बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×