झापाको बाह्रदशीमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार ११:१६
सांकेतिक तस्बिर

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका-२ जनता चोककी ७० वर्षीय लजुमा खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आज (मंगलबार) बिहान उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए ।

गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ ।

खातुनसँगै पदयात्रामा रहनुभएका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन् । उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×