
ललितपुर । जुवातास खेलिरहेको अवस्थामा ललितपुरको इमाडोलबाट चार जना पक्राउ परेका छन् ।
महालक्ष्मी नगरपालिका–४ ढुङ्गेसाँघुस्थित एक होटलमा सोमबार बेलुकी जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई ६७ हजार ८०० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

























