जयपृथ्वीबहादुर सिंह पुरस्कारबाट न्यौपाने र पोखरेल सम्मानित

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार १०:१६

काठमाडौं । द राइजिङ स्टार स्कुल, मण्डिखाटारको आयोजनामा मानवतावादी चिन्तक, स्रष्टा तथा पत्रकार जयपृथ्वीबहादुर सिंहको स्मृतिमा स्थापित विशेष पुरस्कार प्रदान गर्दै साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्राचार्य कृष्णकुमार बोहोराको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शिक्षा तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व डा. छायादत्त न्यौपाने र विवश पोखरेललाई सम्मान गरिएको हो।

जयपृथ्वीबहादुर सिंहको मानवतावादी विचार, दर्शन र आदर्शलाई समाजमा उजागर गर्ने उद्देश्यले स्थापित उक्त पुरस्कारबाट सम्मानित व्यक्तित्वहरूको प्राज्ञिक तथा साहित्यिक योगदानको कदर गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा वक्ताहरूले सिंहको मानवतावादी दर्शन तथा पत्रकारिता क्षेत्रमा उनले पुर्‍याएको योगदानको चर्चा गर्दै डा. न्यौपाने र पोखरेलको साहित्यिक एवं बौद्धिक साधनाको प्रशंसा गरेका थिए।

विद्यार्थीमा नैतिक शिक्षा, मानवीय मूल्य–मान्यता र साहित्यिक स्रष्टाप्रति सम्मानभाव विकास गर्ने उद्देश्यले विद्यालयले यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

तपाइको प्रतिक्रिया
८५७ कर्मचारीको सरुवा बदर, अब नयाँ मापदण्डबाट मात्रै पदस्थापन
स्वास्थ्य सेवाको प्रभावकारिता जाँच्न प्रदेशसभाको पहल
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै क्रिस्टियानो रोनाल्डो
आईजीपी हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्छ : रवि लामिछाने
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.