धरानमा बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि, तीन जनामाथि अनुसन्धान

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १२:३०
विस्फोटक पदार्थ राखिएको बोरा ।

विराटनगर । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस वस्तु विस्फोटक पदार्थ रहेको पुष्टि भएको छ ।

प्रहरीका अनुसार बरामद भएको वस्तु विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने बारुदको घटक भएको पत्ता लागेको हो । भन्सार छली ल्याइएका सामानसँगै बरामद उक्त पदार्थ परीक्षणका लागि पठाउँदा कम विस्फोटक पदार्थ (गन पाउडर०को घटक रहेको खुलेको छ ।

प्रहरीले गत कात्तिक १० गते धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेमा इटहरीबाट धरानतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको थियो । बोराभित्र प्याकिङ गरेर राखिएको अवस्थामा ४७ किलो सेतो ठोस पदार्थ बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएर परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको थियो ।

प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा उक्त पदार्थ कम विस्फोटक पदार्थ अर्थात् बारुदमा प्रयोग हुने घटक भएको उल्लेख छ । प्रतिवेदन आएपछि प्रहरीले पक्राउ परेका तीन जनामाथि अभद्र व्यवहारसँगै विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको छ ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मिनी ट्रकमा सवार व्यक्तिहरूले भन्सार छली ल्याइएका विभिन्न सामानसहित उक्त पदार्थ ओसारपसार गरिरहेका थिए । चेकजाँचका क्रममा सामान नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी कर्मचारीमाथि समेत अभद्र व्यवहार गरेको खड्काले बताए । त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन् । कात्तिक १० गते बरामद भएको पदार्थको वास्तविक प्रकृति प्रयोगशालाको परीक्षणपछि मात्र खुलेको हो । त्यसैले प्रहरीले शनिबार (कात्तिक २१ गते) घटनाको जानकारी दिँदै विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको जनाएको छ ।

भन्सार छलीका सामान ओसारपसारका क्रममा फेला परेको ठूलो परिमाणको बारुदको घटकले उक्त पदार्थ कहाँबाट ल्याइएको थियो, कहाँ पुर्‍याउन खोजिएको थियो र यसको प्रयोजन के थियो भन्ने प्रश्नसमेत उठाएको छ । प्रहरीले यी विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने डीएसपी खड्काले बताए ।

तपाइको प्रतिक्रिया
अनियमितताको आरोपमा गण्डकीका खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त
कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
‘न्यायाधीशको कामकारबाहीमाथि पनि निगरानी हुनुपर्छ’
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने
पर्यटन प्रबर्द्धन गर्न इलामको कन्याममा चिया महोत्सव हुँदै
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
मन्त्री बादीद्वारा राष्ट्रिय खेलकुदको तयारीबारे अनुगमन
विपद्‍मा बेपत्ता २ हजार २९४ नेपाली र १७१ विदेशीको विवरण सार्वजनिक
इलामको सुम्बेकमा भएको आगलागीमा धनमाल क्षति
सुनसरीमा पटाका बोकेको स्कुटरलाई पछ्याउँदा प्रहरीको मोटरसाइकल दुर्घटना, सई घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.