युवा कूटनीतिज्ञमा नयाँ सीप विकास गर्न परराष्ट्रमन्त्री खनालको जोड

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार १४:१३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमताको विकास गर्नुपर्ने बताएका छन्।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) ले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा : नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनारको उद्घाटन गर्दै मन्त्री खनालले प्रभावकारी कूटनीतिको आधार आफ्नै देश, समाज, संस्कृति, सबल पक्ष र सीमितताको गहिरो बुझाइ भएको बताए।

नेपाल प्राचीन सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उनले देशको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिए। हिमाल, पहाड र तराईका समुदायका साथै किसान, उद्यमी, युवा तथा श्रमिकका आकाङ्क्षा र अपेक्षा बुझ्न सक्ने कूटनीतिज्ञ आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री खनालले कूटनीतिक क्षेत्रमा प्रमाणमा आधारित विश्लेषण, समस्या समाधान गर्ने आलोचनात्मक सोच, परिस्थितिअनुसार तत्काल अनुकूल हुन सक्ने क्षमता, विविध संस्कृति र समुदायका सरोकार बुझ्ने सहानुभूति तथा विभिन्न क्षेत्र र संस्थाबीच सहकार्य गर्ने सीप आवश्यक रहेको बताए। साथै, निरन्तर अध्ययन र ज्ञान हासिल गर्ने प्रवृत्तिलाई पनि उनले कूटनीतिज्ञको महत्वपूर्ण गुणका रूपमा उल्लेख गरे।

तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेशमा नयाँ ज्ञान र सीप हासिल गर्न नसक्ने व्यक्ति तथा संस्था पछाडि पर्ने बताउँदै उनले युवा कूटनीतिज्ञलाई अंग्रेजी, चिनियाँ र अरबीजस्ता अन्तर्राष्ट्रिय भाषासँगै नयाँ विषय र विधामा समेत दक्षता हासिल गर्न आग्रह गरे।

भगवद्गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने सन्देश स्मरण गराउँदै मन्त्री खनालले कूटनीति र राष्ट्र निर्माणमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए। उनले युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा पेसाकर्मीलाई सरकार, अनुसन्धान र पैरवीका विभिन्न क्षेत्रमा रहेर पनि नेपालको कूटनीतिक समुदायको अभिन्न अङ्गका रूपमा सक्रिय योगदान गर्न आह्वान गरे।

तपाइको प्रतिक्रिया
उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
चितवनको चुनौती पन्छाउँदै सुदूरपश्चिम फाइनलमा
रोहिंग्या नरसंहारमा अन्तर्राष्ट्रिय न्यायालयद्वारा म्यानमार दोषी ठहर
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
केराबारीमा ३७ वर्षीया महिलाद्वारा आत्मदाह प्रयास
केराबारीमा महिलाद्वारा आत्मदाहकाे प्रयास
३६२ आयोजना र निर्माण व्यवसायीलाई जोगाउनु मेरो पहिलो प्राथमिकता हो : केशरकुमार बुढाथोकी (भिडियोसहित)
एमालेको प्रतिवेदनमा छैन कम्युनिस्ट एकताको चर्चा
एमाले केन्द्रीय कमिटीका २१ बुँदे निर्णय सार्वजनिक, के–के छन् प्रस्तावमा ?
कोशीमा निर्माण व्यवसायीको चुनाव : केशरकुमार बुढाथोकीको नेतृत्वमा नयाँ खाका, संकट समाधानदेखि पुस्तान्तरणसम्म
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.