प्रतीकात्मक तस्बिरविराटनगर । मोरङको केराबारी गाउँपालिकामा आत्मदाहको प्रयास गरेकी ३७ वर्षीया कल्पना लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ।
केराबारी गाउँपालिका–८ धरान लाइनस्थित आफ्नै घरको पछाडिपट्टि गत बिहीबार साँझ करिब ६:१० बजे उनले आत्मदाह प्रयास गरेकी थिइन् । शरीरमा मट्टीतेल खन्याएर उनले आफैंलाई आगो लगाएकी थिइन् ।
गम्भीर घाइते उनको उपचारका क्रममा शुक्रबार साँझ ५ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ । आत्मदाह प्रयास गर्नुको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















