
विराटनगर । विराटनग–७ स्थित ग्रेडेड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण पोसाक प्रतियोगिता आयोजना गरेको छ ।
सोमबार विद्यालय परिषरमा आयोजित प्रतियोगितामा कक्षा युकेजीबाट राधातर्फ आलिया साह प्रथम, प्रशिष्का मण्डल द्वितीय र एड्रिजा राई तृतीय भइन् । कृष्णतर्फ काइरव थापा प्रथम, आर्यन साह द्वितीय र कपिल राय तृतीय भए ।
त्यस्तै, एलकेजीतर्फ राधाको भेषभूषामा कामना कार्की प्रथम, परिनिधि कामत द्वितीय, स्वस्तिका अधिकारी तृतीय र कृष्णतर्फ ओजस खरेल प्रथम, शुभम कामत द्वितीय र आरव भुजेलले तृतीय भए ।
कक्षा एलकेजी र कक्षा जेकेजीबाट ८७ जना बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा विद्यालयका बालबालिकाहरु राधाकृष्णको भेषभूषा धारण गरेका थिए ।
कार्यक्रममा विद्यालयमा लाखे नृत्य, मंगलधुन, राधाकृष्ण नृत्य तथा राधाकृष्णको भजन विद्यार्थीहरूले प्रस्तुत गरिएको थियो ।
विजेता विद्यार्थीलाई प्रमाणपत्र र ट्रफी विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले प्रदान गरे ।

























