चर्चित वेभ सिरिज ‘ताजा खबर-२’ मा विराटनगरका कुशलको गीत

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र २०, बिहीबार १३:३७

विराटनगर । भारतकाे चर्चित हिन्दी वेभ सिरिज ताजा खबर सिजन २ को टेलरमा विराटनगरका गायक कुशल पोखरेलको र्याप गीत समावेश भएको छ ।

पैसामा आधारित रहेको वेभ सिरिज ट्रेलरको कभरमा म सँग पैसा बाेलकाे गीत समावेश छ । याे र्याप गीत विराटनगर गायक कुशलले गाएका हुन् ।

Advertisement

बुधबार मुम्बईमा आयोजित टेलर सार्वजनिक समारोहमा कुशलले वेभ सिरिजमा प्रयोग भएको ‘त सँग पैसा’ बोलको गीत गाएका थिए ।

डिज्नीप्लस हटस्टारमा मार्फत बनेकाे सिरिज २७ सेप्टेम्बरमा रिलिज हुनेछ ।

सिरिजमा भारतका चर्चित कलाकारले अभिनय गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.