एभरेष्टमा पौडी प्रतियोगिता सम्पन्न

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २३, आइतबार २०:०१

विराटनगर । विराटनगरमा जारी ‘एभरेष्ट पौडी’ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न विधाअन्तर्गत २५ मिटर देखि १५ सय मिटरसम्मका इभेन्ट भएको थियो ।

पौडीको फ्रि स्टाइलको १५ सय मिटरमा ओनश प्रधान प्रथम, धावा तामाङ द्वितीय र कृतक बर्तौंला तृतीय भए । ५ सय मिटरमा हर्षित प्रताप सिंह प्रथम, अथर्व अर्याल द्वितीय र रुद्र शर्मा तृतीय भए । फ्रि स्टाइलकै ४ सय मिटरमा इमोन लामा प्रथम, मनसुन कार्की द्वितीय र रेहान अन्सारी तृतीय भएका छन् ।

त्यस्तै, २ सय फ्रि स्टाइलमा ओनश प्रधान प्रथम, धावा तामाङ द्वितीय र सुज्ञान कोइराला तृतीय भए । १ सय मिटर फ्रि स्टाइलमा कृतक बर्तौंला प्रथम, स्वर्णिम कार्की द्वितीय र हर्षित प्रताप सिंह तृतीय भए । ५ सय मिटर फ्रि स्टाइलमा धावा तामाङ प्रथम, सिद्धार्थ तामाङ द्वितीय र स्वर्णिम कार्की तृतीय भए ।

त्यसैगरी, २५ मिटरमा ओनश प्रधान प्रथम, अंकुश बुढाथोकी द्वितीय र विज्ञान भुजेल तृतीय भए । जुनियरतर्फ मनसुन कार्की प्रथम, हर्षित प्रताप सिंह द्वितीय र कृतक बर्तौंला तृतीय भए । फ्रि स्टाइलकै छात्रातर्फ ५० र २५ मिटरका दुवै इभेन्टमा आश्ना कटुवाल प्रथम, अभिलाषा भगत द्वितीय र युदीता श्रेष्ठ तृतीय भए ।

यस्तै, ब्याक स्ट्रोकतर्फ २५ मिटरमा सिद्धार्थ तामाङ प्रथम, धावा तामाङ द्वितीय र इमोन लामा तृतीय भए । ५० मिटर ब्याक स्ट्रोकमा ओनश प्रधान प्रथम, कृतक बर्तौंला द्वितीय र सुज्ञान कोइराला तृतीय भएका छन् । १ सय मिटरमा ओनश प्रधान प्रथम, कृतक बर्तौंला द्वितीय र धावा तामाङ तृतीय भए ।

पौडीको ब्रेस्ट स्ट्रोकको छात्रतर्फ २ सय मिटरमा सिद्धार्थ तामाङ प्रथम, सुज्ञान कोइराला द्वितीय र कृतक बर्तौंला तृतीय भए भने १ सय मिटरमा ओनश प्रधान, धावा तामाङ द्वितीय र सिद्धार्थ तामाङ तृतीय भए । छात्रातर्फ २५ मिटरमा आश्ना कटुवाल प्रथम, अभिलाषा भगत द्वितीय र युदीता श्रेष्ठ तृतीय भइन् ।

यसैगरी, बटरफ्लाइ इभेन्टको २५ मिटरमा सुज्ञान कोइराला प्रथम, अथर्व अर्याल द्वितीय र स्वर्णिम कार्की तृतीय भए । ५० मिटरमा धावा तामाङ प्रथम, सिद्धार्थ तामाङ द्वितीय र हर्षित प्रताप सिंह तृतीय भए । १ सय मिटरमा ओनश प्रधान प्रथम, धावा तामाङ द्वितीय र हर्षित प्रताप सिंह तृतीय भएका छन् ।

५० मिटर डल्फिन इभेन्टमा सिद्धार्थ तामाङ प्रथम, सुज्ञान कोइराला द्वितीय र कृतक बर्तौंला तृतीय भए । १ सय मिटरमा ओनश प्रधान प्रथम, धावा तामाङ द्वितीय र सिद्धार्थ तामाङ तृतीय भएका थिए ।

विजेता खेलाडीहरुलाई विद्यालयका भाइस प्रिन्सिपल नारायण कडरियालगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा ३ सय विद्यार्थीले भाग लिएको विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.