नाटक महोत्सवः ‘एक पटक बोलेको एक रुपियाँ’ बिहीबार मञ्चन हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र २६, बुधबार १७:०९

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन बुधबार ‘रङ’मञ्चन भएको छ ।

हाटखोलास्थित गुरुकुलमा ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले शिक्षक पशुपति रिमालद्धारा निर्देशित नाटक मञ्चन गरेको हो ।

Advertisement

विद्यार्थीहरु चर्चिता अधिकारी र दित्शा लुइँटेलद्धारा लिखित उक्त नाटकले ‘विधवा’सँग सम्बन्धित रुढिवादी नेपाली समाजको अवस्था चित्रण गरेको थियो ।

गुरुकुलका प्रदीप दाहालले सहजीकरण गरी तयार भएको उक्त नाटकमा लेखकद्वयसँगै आयुषचन्द्र रेग्मी, सम्पदा निरौला, सिवानी रजक, रोनक यादव, विश्वदीप राईलगायतले अभिनय गरेको थिए ।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा शनिबारदेखि सुरु भएको महोत्सवमा बिहीबार पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले ‘एक पटक बोलेको एक रुपियाँ’ मञ्चन गर्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.