
विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको ७ औं दिन शुक्रबार ‘जिम्मेवारी कसको ?’ नामक नाटक मञ्चन भएको छ ।
हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा विराटनगरको नमुना विद्या मन्दिरले नाटक मञ्चन गरेको हो ।
शिक्षक पशुपति रिमालद्धारा लिखित तथा निर्देशित उक्त नाटकले वर्तमान अवस्थाका बालबालिकालाई के कस्ता पक्षले प्रभाव पारिरहेको छ र बालबालिकालाई सक्षम बनाउन कसले कस्तो भूमिका खेल्नुपर्छ भनी खोजी गर्ने प्रयास गरेको थियो ।

नाटकमा आरोग्य अर्जेल, आयन गौतम, नवम चौधरी, अधिक्षा पौड्याल, समृद्धि सुन्चैउरी, जिया प्याकुरेललगायतले अभिनय गरेका थिए ।
शनिबार मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले ‘स्मार्ट बन्द’ नाटक मञ्चन गर्दैछ ।

























